नेपालमा एक सय महिला बराबर ९५.५१ पुरुष

काठमाडौं, १० चैत्र । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ घोषणा भएको छ । सन् २०२१ को जनगणनाको रिपोर्ट आज शुक्रवार सार्वजनिक गर्दै उक्त घोषणा भएको हो ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् ।
जनगणनाको नतिजा अनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेको छ भने महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ छन् । पुरुष ४८.९८ प्रतिशत रहँदा महिला ५१.०२ रहेको उल्लेख छ ।
लैंगिक अनुपातमा १०० जना महिलामा ९५.५१ पुरुष छन् । जनगणनामा अन्य लिङ्गीको जनसंख्या २ हजार ९ सय २८ रहेको छ ।