२२ भाद्र २०८१, शनिबार | September 8, 2024

रानीपोखरी सर्वसाधारणका लागि खुल्ला


0
Shares

काठमाडौं, १० चैत्र । २०७२ सालको भुकम्पपछि बन्द भएको रानीपोखरी सर्वसाधारणको खुल्ला भएको छ । काठमाडौं महानगरले आवश्यक सरसफाइ गरेर सर्वसाधारणको पुननिर्माणपछि पहिलो पटक खुल्ला गरेको हो ।

अब बिना टिकट जो कसैले पनि रानीपोखरीको अवलोकन गर्न पाउने भएका छन् । २०७२ सालको भुकम्पपछि क्षति पुुगेको रानीपोखरीलाई पुरानै स्वरुप दिइएको महानगरको दाबी छ ।

०७८ सालमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले महानगरलाई रानीपोखरी हस्तान्तरण गरेको भएपनि सर्वसाधारणको लागि खुल्ला गरिएको थिएन । झारपात बढेर कुरुप बनेको रानीपोखरीलाई सरसफाइ गरेर सञ्चालनमा ल्याइएको हो ।

 

 

प्रतिक्रिया