२३ भाद्र २०८१, आइतबार | September 8, 2024

कहाँ–कहाँ हिसाब देखाउन पर्ने हो देखाउन तयार छु : धुुर्मुस


0
Shares

काठमाडौं, ७ चैत्र । हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको रंगशालाबारे चाँडो निर्णय लिन सरकारसँग आग्रह गरेका छन् । उनले नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु खोज्नु अपराधिक कार्य नभएको पनि स्पष्ट पारेका छन् ।

‘जब नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराध हो ? के हामीले पाप गरेका थियौँ ? यो मेरो मात्र सपना होइन नि त यो त सबै देशको सपना हो ।’–उनले भने ।

उनले आफु डेढ वर्षदेखि डिप्रेस्ड भएको उल्लेख गर्दै मानसिक यातना भोगिरहेको बताए । अहिले पनि आफु रंगशालामै बसिरहेको उनले बताए ।

यतिबेला सिंहदरबार धाइरहेका जानकारी दिँदै उनले २०७८ मा भरतपुर महानगरपालिका लाई हर हिसाब बुझाएको सुनाए । कुनै पनि गलत तरिकाबाट काम भएको नभएको दाबी गर्दै उनले भने,‘अझै मेरो कहाँ–कहाँ हिसाब देखाउन पर्ने हो देखाउन तयार छु, चेकजाँच गरियोस्। त्यसैले म बिन्ती गर्छु नेपाल सरकारलाई यदि मेरो कहीँ कतै खोट भेटियो भने तुरुन्त यसको निर्णय होस’

प्रतिक्रिया