२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

आज हावाहुुरीसहित वर्षा हुने


0
Shares

काठमाडौं, ७ फागुन । देशमा यतिबेला स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विभाग महाशाखा अहिले देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग÷हावा–हुरी÷असिना सहित क्षणिक÷हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राती देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन ÷ चट्याङ्ग÷हावा–हुरी÷असिना सहित क्षणिक÷हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया