२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पौषबाट मदिरा, मोबाइल र गाडीको आयात खुल्ने


December 7, 2022
0
Shares

काठमाडौं, २१ मंसिर । सरकारले पौषबाट लागू हुनेगरी मदिरा, मोबाइल र गाडीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय लिएको छ । मन्त्रिपरिषदको मङ्गलबार बसेको बैठकले विलासी भनिएका त्यस्ता वस्तुको आयात फुकुवाको निर्णय लिएको हो ।

पौषको सुरुबाट आयात फुकुवाको निर्णय लागु हुने जनाइएको छ । विदेशी मुद्रा संचितीका लागि भन्दै वैशाखबाट विभिन्न १० प्रकारको वस्तु आयात प्रतिबन्ध लगाएको थियो । भदौमा ६ प्रकारका वस्तुमा भने आयात खुलाई बाँकी ४ मा आयात प्रतिबन्ध थियो ।

आयात प्रतिबन्ध लागेकामा विदेशी तयारी मदिरा, ३ सय डलरमाथिका मोबाइल, सबै प्रकारका निजी चार पाङ्ग्रे सवारीसाधन र १५० सीसीमाथिका मोटरसाइकल थिए ।

प्रतिक्रिया