६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

प्रचण्डको साथमा अमरेश देखि प्रभु शाहसम्म


December 25, 2022
0
Shares

काठमाडौं, १० पौष । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजनीतिलाई यु टर्न गरिदिए । उनले यसअघिको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएर प्रधानमन्त्रीमा बाजी मारेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदहरुको साथ रहेको छ । उनलाई साथ दिनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका नेताहरु मात्र नभई स्वतन्त्र सांसदहरु पनि थिए ।

प्रचण्डले बहुमतको दाबी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरिरहँदा अमरेश सिंह पनि नजिकै थिए । सिंहलाई नेपाली राजनीतिका अक्टोपस पनि भनिन्छ । उनका धेरै राजनीतिक भविष्य मिल्ने गर्दछन् ।

टिकट नपाएपछि काँग्रेस छाडेर स्वतन्त्र सांसद निर्वाचित भएका अमरेशलाई प्रचण्डको लामो समययता साथ रहँदै आएको छ । उनी बेला बेलामा विवादमा आइरहन्छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमन्त्री प्रभु साहका अलावा सांसदहरु रवि लामिछाने, राजेन्द्र लिङ्देन, सीके राउतका अलावा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव पनि शितलनवास पुगेका थिए ।

प्रतिक्रिया