३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चोलेन्द्र शुक्रबार सर्वोच्च जानसक्ने


December 8, 2022
0
Shares

काठमाडौं, २२ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार सर्वोच्च अदालत जाने सम्भावना रहेको छ । उनीविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र संघीय संसद्ले थमाएपछि शुक्रबार अदालत जाने तयारीमा छन् ।

जबराले अदालत जाने तयारी गरिरहँदा सरकार, सर्वोच्च अदालत देखि नेपाल बार एशोशिएसन रोक्ने रणनीतिमा छन् ।

सरकारले नेपाल प्रहरीलाई लगाएर उहाँलाई रोक्ने तयारी गर्न लागेको बुझिएको छ । अर्कोतर्फ, सर्वोच्च अदालतमा उहाँलाई रोक्ने अर्को तयारी भइसकेको छ । नेपाल बार एशोशिएसन त सर्वोच्चको मूलढोकामा बिहिबार नै रोक्न बसिसक्यो । शुक्रबार पनि त्यो तयारी रहेको बुझिएको छ ।

१ फागुन २०७८ मा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । यसको टुंगो अझै लागेको छैन । अघिल्लो प्रतिनिधि सभामा दर्ता भएको प्रस्ताव टुंगो नलागेपछि नयाँ प्रतिनिधि सभाको कार्यकालमा यसको टुंगो लाग्ने विषय उठिरहँदा अचानक संसद्ले निष्प्रभावीको पत्र पठाएपछि बहस चलेको छ । सर्वोच्च अदालतमा जबराविरुद्धको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध रिट पेस भएको छ । सर्वोच्च अदालत बारले बुधबार दिउँसो नै पेस गरेको रिटले जबरालाई फेरि अदालतमा प्रधानन्यायाधीशको रुपमा प्रवेश गर्न रोक लगाउने पूर्वतयारीका रुपमा यसलाई हेरिएको छ ।

९८ सांसदले जबराविरुद्ध गतवर्ष महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि निलम्बित रहेका उनी कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । बरु अदालत फर्कन प्रयासरत छन् । २७ मंसिरमा सेवानिवृत्त हुनलागेका उनी त्यसअघि अदालत प्रवेश गर्न चाहन्छन् ।

प्रतिक्रिया