१२ श्रावण २०८१, शनिबार | July 27, 2024

किन गृहमन्त्री नै चुनाव हार्छन्


November 27, 2022
0
Shares

नेपाल पेन विश्लेषण, ११ मंसिर । बहालवाला गृहमन्त्री बालकृष्ण खाँण नेपाली काँग्रेसभित्र प्रभावशाली नेता मानिन्छन् । विद्यार्थी राजनीति हुँदै बढेका खाँण तरुण दलका अध्यक्ष समेत भएका थिए । महाधिवेशनहरुमा उनी केन्द्रीय सदस्यमा लोकप्रीय मतका साथ जित्थे ।

काँग्रेस सभापति शेरबहादुर देउवाले रुचाएका खाँण अघिल्लोपटक समानुपातिक सांसद बने । यसपटक भने उनी रुपन्देहीबाट चुनाव लडे । राप्रपाका दिपक बोहरासँग खाँण पराजित भए ।

बहालवाला गृहमन्त्री खाँण मात्र नभई विगतमा कृष्णप्रसाद सिटौला पनि झापाबाट पराजित भएको इतिहास छ । सिटौला झापाबाट लगातार तीनपटक पराजित भइसकेका छन् ।

गृहमन्त्री हुँदा नै विमलेन्द्र निधि धनुषाबाट चुनाव हारे । यसपटक उनी समानुपातिक सूचीमा छन् ।

गृहमन्त्रीसँग राज्यको प्रहरी निकायको बागडोर हुन्छ । तर, सुरक्षा निकाय मातहतमा रहेपनि गृहमन्त्री नै चुनावमा पराजित हुने गरेका छन् ।

गृहमन्त्रीका रुपमा जिम्मेवारी लिदा प्रहरी घेराभित्र बढी रहनु, जनतामाझ राम्ररी पुग्न नसक्नु, जनताको बढी अपेक्षा रहनु र पूरा गर्न नसक्दा असन्तुष्टि बढ्नुले पनि गृहमन्त्रीहरुलाई चुनाव कठिन हुन थालेको देखिन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया