३ आश्विन २०८१, बिहिबार | September 20, 2024

यस्तो छ प्रचण्ड क्याबिनेट


830
Shares

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री प्रचण्डले बनाएको नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री र मन्त्रीहरु नियुक्त भई शपथ लिएका छन् । बुधबार २० सदस्यीय मन्त्रिमण्डलमा कार्यविभाजनसहित सपथ भएको हो ।

मन्त्रिमण्डलमा एमालेबाट रघुवीर महासेठले नेतृत्व गरेका छन् । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी मिलेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष रवि लामिछानेले नेतृत्व गरेका छन् । उनी उपप्रधानमन्त्रीसहित गृह मन्त्री बनेका छन् । लामिछाने वरियतामा चौंथो स्थानमा छन् । तेस्रो वरियतामा राखिएका नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी मिलेको छ ।

माओवादीबाट वर्षमान पुनले अर्थ र शक्तिबहादुर बस्नेतले ऊर्जा पाएका छन् । रेखा शर्मा सञ्चारमा निरन्तरता पाउन सफल भएकी छिन् । हितबहादुर तामाङलाई संस्कृति मन्त्री बनाइएको छ ।

एमालेबाट पदम गिरी कानून, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्दोग, भगवती चौधरी महिला, राजेन्द्रकुमार राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षा मन्त्री बनाइएको छन् । नेकपा एसबाट धनबहादुर बुढा सहरी विकास र भानुभक्र जोशी संघीय मामिलामन्त्री बनेका छन् ।

रास्वपाबाट डोलप्रसाद अर्याल श्रम, सुमना श्रेष्ठ शिक्षा र विराज भक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

मन्त्रिमण्डलमा ल्याइएकामध्ये सुमना श्रेष्ठ विदेशीसँग विवाह गरेर लामो समय विदेशमै बस्दथिन् । उनी सामाजिक सञ्जालमा चर्चाको शिखरमा छिन् ।

प्रतिक्रिया