१४ कार्तिक २०८१, बुधबार | October 30, 2024

देशको आर्थिक अवस्था बिग्रनुमा राष्ट्र बैंक प्रमुख जिम्मेवार : विश्लेषक रायमाझी


0
Shares

काठमाडौं, १३ चैत्र । अर्थ तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले देशको आर्थिक अवस्था संकटपुर्ण रहेको बताउनु भएको छ । राष्ट्रको आर्थिक अवस्था बिग्रनुमा सबैभन्दा ठुलो भूमिका राष्ट्र बैंकको रहेको उहाँको भनाई थियो ।

एक टेलिभिजनमा अन्तर्वाता दिँदै विश्लेषक रायमाझीले भन्नुभयो,‘यसमा सबैभन्दा ठुलो जिम्मेवार नेपाल राष्ट्र बैंक हो, राष्ट्र बैंकको देशको नीति निर्माणमा धेरै भुमिका हुन्छ ।’ सरकार र राष्ट्रिय दायित्व बढ्दै गएपनि उत्पादन घट्दै गइरहेकोले निर्यात घट्दै गएको उहाँले उल्लेख गर्नुभयो ।
गर्भनर नियुक्तिमै राजनीति भएको दाबी गर्दै उहाँले नियुक्ति प्रक्रिया गलत बाटोबाट भएकोे उहाँले टिप्पणी गर्नुभयो । ‘गर्भनरहरु सरकारलाई सहयोग र असहयोग गर्नैमा ब्यस्त हुन्छन्, उनीहरुले दुराशयपुर्ण तरिकाले काम गरिरहेको आम मानिसहरुलाई आभास भइरहेको छ ।’ उहाँले भन्नुभयो,‘राजनीति भन्दा बाहिरबाट गर्भनर नियुक्ति गरिनुपर्छ ।’

विदेशी दातृराष्टहरु एडिबी, वल्डबैंक, अन्तर्राष्ट्रिय मुद्राकोषलगायतले नेपाललाई दिएको रकम पारदर्शी हुन नसकेको भन्दै उहाँले सो रकम राष्ट्र बैंकले कसरी प्रयोग गरिरहेको छ त्यसबारे बुझ्न जाचबुझ निकाय खडा गर्नुपर्ने बताउनुभयो । विश्लेषक रायमाझीले भन्नुभयो,‘ुदातृराष्ट्रबाट जुन प्रयोजनका लागि आएको रकम हो, सोही विषयमा प्रयोग भयो की भएन, त्यो बारे चेक ब्यालेन्स गर्ने निकाय खडा गर्नुपर्छ ।’

राष्ट्र बैंकले आफै नीति बनाउने र नीजि बैंकलाई बढी प्रोत्साहन दिने गरेको टिप्पणी गर्दै उहाँले नीजि बैंकहरुले व्यवसायहरु भन्दा कालोधन कमाइरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो,‘नीजि बैंकहरुको कारोबार प्रतिपत्र खोलेर सामान ल्याउने गर्छन् ती कुरा अनुगमन गरेमा कालोधन सहजै पत्ता लाग्छ । देशको सबैभन्दा ठुलो अर्थतन्त्र चरम अवस्था पुग्नु राष्ट्र बैंकको जिम्मेवारी हो । राष्ट्र बैंकले अनुगमन गर्दैन, नियमनकारी निकाय हो की अर्धन्यायिक निकाय हो त्यहाँको कर्मचारीलाई त्यो पनि थाहा छैन्। उनीहरुले नीजि बैंकसँग मिलेर कमिसन खाने काम गर्छन् । राष्ट्र बैंकको कारणले नीजि बैंकहरुले बढी ब्याजदर लिने गरेका छन् ।’ मिटरब्याजी पैसा लिँदा र दिँदा राष्ट्र बैंकले अनुगमन गर्नुपर्नेमा ध्यान दिनुपर्ने बताउँदै यस विषयमा राष्ट्र बैंकले गैरजिम्मेवार जवाफ दिन नमिल्ने विश्लेषक रायमाझीले तर्क गर्नुभयो ।
‘कारोबार थोरै, बढी धितो लिने गरेका छन्, उद्योगपति र व्यवसायी पनि छुट्दिैनन्, आफै बैंकको संचालक, आफैले ऋण लिने र सर्वसाधारणको घाँटी निचोरिरहेका छन्, उद्योगी पनि उही, बैंक सञ्चालक पनि उही र ऋण लिने पनि उही छन् । यी कुराको अनुगमन नभएको कारण देशमा चरम संकट आएको हो । बैंकको ब्याजदर घट्नुपर्ने आम मानिसको चासो हो। यो मिटरब्याजी हो । यो आम साधारण व्यक्तिहरुले थेग्नै सक्दैनन् ।’

मिटरब्याजलाई सरकारले बन्द गराएर बैंकलाई चर्को ब्याज लिन छुट दिन नहुने उहाँको धारणा छ । ‘राज्यले कर बढी उठाइरहेको छ, अर्थतन्त्र चलायमान छैन् व्यवसायहरु बन्द, उद्योगहरु धराशयी हुँदैछन्’भन्दै उहाँले बैंक सञ्चालक,गर्भनरसहित बैंकका कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने जोडदार माग गर्नुभयो । बैंककै मिलेमतोमा केही समय अघि एक प्रतिशत ब्याजदर घटाएको पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया