३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपालमा चिनियाँ चासो बढ्दो, महिनामै दुई अधिकारीको ओहोरदोहोर


January 26, 2024
498
Shares

काठमाडौं, १२ माघ । नेपालमा चिनियाँ चासो बढ्दै गएको छ । चिनियाँ अधिकारीहरुको नेपाल ओहोरदोहोर बाक्लो भइरहेको छ । चिनियाँ अधिकारीहरु महिनामा दुईजनाका दरले नेपाल आइरहेका छन् । ती भ्रमणहरु राजनीतिक र सैन्य दुवै तहका हुनेगरेका छन् ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकर जनवरीको पहिलो हप्ता नेपाल आएकै बखत चिनियाँ अधिकारी नेपाल आएका थिए । त्यसको एक महिना नबित्दै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको टोली शुक्रबार नेपाल टेक्दैछ ।

हेयान मालदिभ्सबाट बँगलादेश हुँदै काठमाडौं उत्रन लागेकी हुन् । मालदिभ्समा उनले त्यहाँका नयाँ राष्ट्रपति मोहम्मद मिज्जुसँग भेटेकी थिइन् । त्यहाँ महत्वपूर्ण सम्झौताहरु पनि भएको थियो ।

मालदिभ्सबाट बँगलादेश पुगेकी हेयान काठमाडौं आउन लागेकी हुन् । पछिल्लो समय चीनले नेपालमा चासो बढाइरहँदा हेयानको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

हेयान आउनु अघि नै चिनियाँ राजदूत चेन सोङ नेपालको विभिन्न भागमा पुगेर फर्किएका छन् । उनले चिनियाँ कम्पनीहरुले निर्माणको ठेक्का लिएका स्थलहरु पुगेर अवलोकन पनि गरे । जसमा फाष्ट ट्रयाक, सिद्धबाबा सुरुङमार्ग, नारायणगढ बुटवल सडकलगायत छन् ।

प्रतिक्रिया