६ आश्विन २०८१, आइतबार | September 23, 2024

पत्रकारको बौद्धिक जमात चरम श्रम शोषणमा : दिनेश त्रिपाठी (भिडियोसहित)


January 24, 2024
2.4k
Shares

काठमाडौं,१० माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पत्रकारको बौद्धिक जमात चरम श्रम शोषणमा परेको टिप्पणी गरेका छन् । मंगलबार नेपालीपेनसँग कुरा गर्दै त्रिपाठीले यस्तो बताएका हुन् ।

पत्रकारहरुको बार्गेनिङ क्षमता निकै कमजोर भएको दाबी गर्दै उनले पत्रकारको संख्या बढ्दै जादाँ सिमित मार्केट भएकै कारण यस्तो अवस्थाको सिर्जना भएको बताए ।

पत्रकारको बाध्यतालाई मिडिया हाउस सञ्चालकहरुले फाइदा लिएको उनको तर्क छ । “भोलिदेखि काम गर्दै जानुस हेर्दै जाउला भन्छ,कति ठाउँमा त नियुक्ति पत्र पनि दिंदैन,त्यो माग्ने हिम्मत पनि गर्दैनन् किनभने त्यो जागिर पनि खोस्देला भन्ने डर हुन्छ । यो महिनामा तलब नदिएपनि अर्को महिनामा तलब दिन्छ भन्ने आशै आशमा पनि काम गर्नुपर्ने स्थिति छ, आफ्नै कमजोरीले गर्दा एउटा ठुलो बौद्धिक जमात समस्यामा परिरहेका छन्, श्रम शोषण भइरहेको छ ।”–वरिष्ठ अधिवक्ता त्रिपाठीले भने ।

त्रिपाठीले संविधानले पत्रकारको अधिकार सुनिश्चित गरेपनि कार्यान्वयन पक्ष निकै फितलो भएको दाबी गरे । देशलाई महत्वपुर्ण योगदान दिएका राज्यका चौथो अंग पत्रकार आफैमा पीडित हुनु देशकै बिडम्बना भएको उनको ठहर छ ।

त्रिपाठीले भने,“जनतालाई सुशुचित गर्ने दायित्व निर्वाह गरिरहेको पत्रकार लोकतन्त्रकै महत्वपुर्ण हिस्सा हो । पत्रकार,मिडिया बिना लोकतन्त्र लोकतन्त्रको परिकल्पना गर्न सकिदैंन् । तर, पछिल्लो समय पत्रकारहरु असुरक्षित भएको भन्दै उनले दुःख व्यक्त गरे । पत्रकार आफै सामाजिक,आर्थिक,पेशागतरुपमा असुरक्षित भएको भन्दै त्रिपाठीले भने,“उनीहरुको आफ्नै सुरक्षा छैन्,व्यवसायिक स्वतन्त्रता छैन्, मालिकको निति अनसार सम्पादकिय लेख्नुपर्ने हुन्छ । व्यवसायिक स्वतन्त्रता कति वटा मिडियामा छ ?”

प्रतिक्रिया