३ आश्विन २०८१, बिहिबार | September 20, 2024

झलनाथ खनालले भारतीय दूतावास समक्ष विद्यालय भवन र पोखरी बनाउने प्रस्ताव लिएर गएको खुलासा


January 6, 2024
2.9k
Shares

काठमाडौं, २१ पुस । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतले दिन लागेको २० करोड़को विकास अनुदानलाई राष्ट्रघाती भनेर विरोध गरेका छन् । तर, रोचक त यो छ कि उनी स्वयंले भारतीय राजदूतावासमा आफ्नो निर्वाचन क्षेत्रका लागि तीनवटा विकास परियोजनाको प्रस्ताव लिएर गएको खुलेको छ ।

ती परियोजना अन्तर्गत दुईवटा विद्यालय भवन र एउटा पोखरी निर्माण सम्पन्न भइसकेको छ ।

खनालको सिफारिशमा भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण भएको दुवै विद्यालय अहिले संचालनमा छ। ती विद्यालय भवनहरुमा इलामका कारफोक विद्या मन्दिर माध्यमिक विद्यालय ईलाम र फिक्कल उच्च माध्यमिक विद्यालय छन् । यसैगरी इलाममै पोखरीको पनि निर्माण भएको छ ।

प्रतिक्रिया