३ आश्विन २०८१, बिहिबार | September 20, 2024

‘ट्वाइलेटमा पनि नाम राख्ने’ नेताहरुलाई दुर्गा प्रसाईंको चुनौती


December 15, 2023
1.7k
Shares

काठमाडौं, २९ मंसिर । दुर्गा प्रसाईंले नेताहरुले ट्वाइलेटमा पनि नाम राख्ने गरेको टिप्पणी गरेका छन् । उनले आफूले पाँच करोडसम्मको सहयोगमा कहीं कतै नाम नराख्ने भन्दै सरकारी पैसामा बनेको भौतिक पूर्वाधारमा नाम राख्ने नेताहरुलाई चुनौती दिएका हुन् ।

‘ट्वाइलेटमा पनि नताहरुले आफ्नो नाम लेख्या हुन्छ, फलानोले उद्घाटन गरेको हुन्छ फलानो नेताले बनायो भनेर,’ प्रसाईंले झापामा शुक्रबार भने, ‘मेरो नाम लेख्नुपर्दैन, पाँच करोडसम्मका स्कुल बनाएँ तर नाम लेख्दिनँ । मेरो नाम भगवानले लेख्नेछन् ।’

प्रसाईंले जनतालाई डिप्रेशनको शिकार बनाइएको भन्दै नेताहरुको आलोचना गरे । उनले केपी ओलीको क्षेत्रमा समस्या नै समस्या आएको बताए ।

प्रतिक्रिया