२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बागमती प्रदेश सरकारबाट एमाले अलग भएपनि मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत


March 24, 2023
0
Shares

काठमाडौं, १० चैत्र । बागमती प्रदेश सरकारबाट नेकपा एमाले अलग भएपनि मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । उनले आज शुक्रवार भएको मतदानमा नेपाली काँग्रेससहित बहुमत सांसदहरुबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

बैठकमा उपस्थित ९१ जना सांसदहरुमध्ये ६७ जनाले विश्वासको पक्षमा मत दिएको सभामुख भुवन पाठकले जानकारी दिए । विपक्षमा १७ र तटस्थ ७ जना सांसद रहे ।

विश्वासको मतमा मतदान हुनुअघि एमालेका चार मन्त्रीले पदबाट राजीनामा दिएका थिए । केन्द्र सरकारमा एमाले हटेपछि प्रदेशहरुमा पनि हट्न वाध्य भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल माओवादीका हुन् । निकै विवादपछि काँग्रेस उनलाई समर्थन गर्न तयार भएको हो ।

प्रतिक्रिया