३ आश्विन २०८१, बिहिबार | September 19, 2024

अमेरिका-चीन टकरावबीच पनि किन मिल्छन्


November 16, 2023
0
Shares

एजेन्सी, ३० कात्तिक । अमेरिका र चीनबीच निकै कडा टकराव छ । २१औं शताब्दीमा आर्थिक र सैन्य शक्ति बढाएर उदाएको चीन अमेरिकाका लागि कडा चुनौती बनेको छ अहिले ।

विश्वमा आर्थिक शक्तिका दृष्टिले अमेरिका पहिलो र चीन दोस्रो छ । सैन्य शक्तिका रुपमा अमेरिका पहिलो र चीन तेस्रो स्थानमा छ ।

चीनले विश्वभर आफ्नो प्रभाव बढाइरहेको छ । एशिया हुँदै अफ्रिका अनि दक्षिण अमेरिकामा समेत उसको प्रभाव फैलिइरहेको छ । यसलाई अमेरिकाले आफ्नो सुरक्षामा खतरा देखिरहेको छ ।

अमेरिका र चीनबीच व्यापार युद्ध पनि भइसकेको छ । पछिल्लो समय दुई देशबीच प्राविधिक प्रतिष्पर्धा उत्कर्षमा पुगेको छ । चिनियाँ कम्पनी र सामाजिक सञ्जाललाई अमेरिकाले बन्देज लगाएको छ । चीनले पनि अमेरिकी प्राविधिक कम्पनी र सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो ।

जतिसुकै विवाद भएपनि अमेरिका र चीन एउटा बिन्दुमा मिल्न पुग्छन् । उनीहरुलाई आर्थिक स्वार्थले मिलाउँछ । दुई देशबीच व्यापार सम्बन्ध बलियो छ ।

यसपटक चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका पुगे राष्ट्रपति जो वाइडेनलाई भेट्न । उनीहरुबीच सम्मेलन पनि भयो जुन चार घन्टा चल्यो ।

अमेरिका र चीनले सैन्य सहयोगलाई निरन्तरता दिने सहमति गरेका छन् । आतंकवाद र संगठित अपराधविरुद्ध सूचना आदानप्रदानलाई निरन्तरता दिने सहमतिमा परेको छ । यसबाहेक आर्थिक विषयमा पनि सहमतिहरु भएको छ ।

जतिसुकै विवाद गरेपनि निश्चित स्वार्थमा बलिया देशहरु मिल्छन् भन्ने उदाहरण हो यो । उनीहरु लड्नै परे प्रत्यक्ष रुपमा लड्दैनन् बरु छद्म युद्ध लड्छन् त्यो पनि अन्य देशमा । जसरी अमेरिकाले युक्रेन युद्धमा रुसविरुद्ध युक्रेनलाई साथ दिएर लडिरहेको छ ।

प्रतिक्रिया