२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

उत्तर कोरियाली राजदूतावास सधैका लागि बन्द हुने


November 8, 2023
0
Shares

काठमाडौं, २२ कात्तिक । उत्तर कोरियाले आर्थिक संकटका कारण खर्च घटाउन थालेको छ । उसले कतिपय देशका राजदूतावास बन्द गर्ने निर्णय लिएको छ ।

अफ्रिकी देशहरु अँगोला, युगान्डाका अलावा यूरोपको स्पेन र एशियाको हङकङका राजदूतावा बन्द गरिसकेको छ उत्तर कारियाले । अब उसले नेपालस्थित राजदूतावास पनि बन्द गर्ने भएको छ ।

२०२३ को अन्ततिर राजदूतावास बन्द गर्नेबारे उत्तर कोरियाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ । अब उसले दिल्लीबाट राजदूतावासबाट नेपाललाई हेर्ने भएको छ ।

उत्तर कोरियाली राजदूतावास बन्द हुँदा नेपालका केही कम्युनिस्ट पार्टी र तिनका नेतालाई असर पर्ने भएको छ । उनीहरुको उत्तर कोरियासँग विशेष सम्बन्ध थियो ।

प्रतिक्रिया