आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक बस्दै, सिंह आजै बिदाई हुँदै
काठमाडौं, १० चैत्र । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । आज बस्ने बैठकमा प्रहरी महानिरीक्षकको नियुक्ति गर्ने जनाइएको छ ।
प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदैछन् । आजै उनलाई बिदाई गरिने कार्यक्रम रहेको छ ।
साझ ४ बजे बोलाइएको बैठकबाट ३०औं आईजीपी चयन हुनेछन् । आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरिक्षकहरु दौडधुप गरिरहेका छन् ।
पहिलो नम्बरमा छन् वसन्तबहादुर कुँवर । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौंथोमा श्यामलाल ज्ञवाली र पाचौंमा किरण बज्राचार्य ।
यसै वर्ष डिआइजीमा बढुवा भएर हालै एआइजीमा बढुवा भएका हुने पाँचैजना । अब जो आइजीपी हुन्छ उसले एकैवर्ष तीनपटक बढुवा भएको किर्तिमान राख्छ ।
बढुवाको प्रतिष्पर्धामा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई र दिपक थापा छन् । यी तीनमध्ये जस्ले पनि बाजी मार्न सक्छ । कुँवरलाई बढुवा गर्न काँग्रेस सभापति शेरबहादुर देउवाको दबाब छ । प्रधानमन्त्री प्रचण्ड राई र थापामध्ये एकलाई बढुवा गर्न चाहन्छन् ।
यसअघि प्रहरी बढुवामा पनि तीन नम्बरका धीरजप्रताप सिंहले बाजी मारेका थिए । यसपटक पनि दिपक थापाले बाजी मारेमा आश्चर्य नमाने हुन्छ ।