३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपालमा के गर्दैछन् चीनका आइएनजीओ


October 30, 2023
0
Shares

काठमाडौं, १३ कात्तिक । नेपालमा चीनले सरकारी तहमा मात्र नभई गैरसरकारी तहमा पनि गतिविधि बढाएको छ । उसले बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआई अन्तर्गत आइएनजीओका कार्यक्रमलाई सूचीकृत गरेको छ ।

बीआरआई फोरमको तेस्रो सम्मेलनमा जारी विज्ञप्तिमार्फत् अलिबाबा परोपकार र चिनियाँ फाउन्डेशनले संयुक्त रुपमा सञ्चालन गरेको गरिबी निवारणसम्बन्धी पान्डा प्रोजेक्ट र अमिटीले सञ्चालन गरेको खानेपानीसम्बन्धी अमिटि लिभिङ वाटर सूचीकृत गरेको हो ।

अलिबाबा ज्याक मा को कम्पनी हो र उसले परोपकारसम्बन्धी परियोजनामा कार्यक्रम चलाएको छ । ज्याक मा नेपाल पनि आएका थिए ।

अमिटी पाण्डा प्रोजेक्ट पनि अर्थपूर्ण छ । पाण्डा चिनियाँ संस्कृतिसँग सम्बन्धित छ र ज्ञानको प्रतिक मानिन्छ । पाण्डा परियोजना विद्यालयमा सञ्चालनमा छ ।

बीआरआई अन्तर्गत भनी परियोजनाहरु सूचीकृत गरिएपनि नेपाल सरकारले यो लागू नभएको स्पष्ट पारिसकेको छ । बीआरआई सम्झौता भएपनि कार्यान्वयनको चरणमा छैन । नेपालले बीआरआई ऋणमा नभई अनुदानमा मात्र स्वीकारिने बताउँदै आएको छ । त्यही भएर अनुदानका कार्यक्रमहरुलाई चीनले बीआरआई अन्तर्गत भनिदिएको छ ।

नेपालमा पछिल्लो समय चिनियाँ आइएनजीओहरु सक्रिय छन् । उनीहरु विद्यालय शिक्षाका क्षेत्रमा भूमिका देखाइरहेका छन् । चिनियाँ भाषा र संस्कृतिसम्बन्धी अध्यापनमा उनीहरुको रुची रहेको देखिन्छ ।

कन्फ्युसियस सेन्टरको सक्रियता पनि उत्तिकै छ ।

प्रतिक्रिया