३ आश्विन २०८१, बिहिबार | September 19, 2024

अमेरिकामा बन्दुकधारीको आक्रमणमा १६ जनाको मृत्यु


October 26, 2023
0
Shares

एजेन्सी, ९ कात्तिक । अमेरिकाको मेनी राज्यमा बन्दुकधारीको आक्रमणमा परी १६ जनाको ज्यान गएको छ । लेविस्टन शहरमा भएको उक्त घटनामा ४० वर्षीय एक व्यक्तिले योजनावद्ध तरिकाले हमला गरेका थिए ।

प्रहरीले रोबर्ट कार्ड नामका ती व्यक्तिको खोजि गरिरहेको छ । उनको खोजीमा खटिएका सयौं प्रहरी शहरमा तैनाथ छन् । प्रहरीले सर्वसाधारणलाई घरमै बस्न र व्यवसाय बन्द गरिराख्न भनेको छ ।

अमेरिकामा बेला बेलामा बन्दुकधारीको आक्रमणबाट मानिसहरुको ज्यान जाने गरेको छ । यस्ता घटना हुन नदिन विभिन्न उपाय अपनाइएपनि रोक्न सकेको छैन ।

प्रतिक्रिया