८ आश्विन २०८१, मंगलबार | September 25, 2024

कबड्डीले पदक सुनिश्चित पारेपछि चीनबाट रित्तै फर्कनुनपर्ने


October 5, 2023
0
Shares

काठमाडौं, १८ असोज । खेलाडीलाई प्रभावशाली बनाउनेभन्दा खेल पदाधिकारी स्वार्थमा लिप्त हुँदा नेपालको खेल खस्किदै गएको छ । एशियाली खेलमा बल्लतल्ल पदक जित्ने अवस्थामा पुगेको छ नेपाल ।

पदकको आशा गरिएको तेक्वान्दो र बक्सिङमा रित्तो हात फर्कनुपरेको छ । क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शनका बाबजुद भारतसँग हार व्यहोर्दा पदकविहिन हुनुपरेको छ ।

यसपटक कबड्डीले नेपाललाई रित्तो हात फर्कनुनपर्ने अवस्था सुनिश्चित गरेको छ । महिला कबड्डीमा नेपालले कम्तीमा काँस्य पदक जित्ने भएको छ ।

बिहिबार भारतविरुद्धको खेल जिते नेपालले स्वर्णका लागि प्रतिष्पर्धा गर्नेछ । खेल परिणाम नेपालको पक्षमा नआएपनि काँस्य सुनिश्चित भइसकेको छ ।

प्रतिक्रिया