६ आश्विन २०८१, आइतबार | September 22, 2024

कैदीहरु कारागार बाहिर रहन पाउने सुविधाको रायमाझीद्धारा स्वागत


October 5, 2023
664
Shares

काठमाडौं, १८ असोज । सरकारले दुई तिहाई कैद सजाय भोगिसकेका असल कैदीहरु कारागार बाहिर रहन पाउने गरी प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागेको छ । सो निर्णयको राजनीतिक विश्लेषक प्रकाश रायमाझीले स्वागत गरेका छन् ।

“प्यारोलमा रहने कैदीहरु कारागारबाहिर रही सामान्य जीवनयापन गर्न पाउने सुविधाको निर्णय स्वागतयोग्य छ । ” -रायमाझीले भने ।
सरकारले २०७५ भदौदेखि लागू भएको फौजदारी कसुर ऐनमा भएको प्यारोलसम्बन्धी व्यवस्था पाँच वर्षपछि कार्यान्वयनमा ल्याउन लागेको हो ।

विश्लेषक रायमाझीले जेलमा रहेका बन्दीहरुको छानबिन गरी निर्दोष र पोलिएका भरमा मात्र पुर्पक्ष लागि थुनामा राख्न नहुने तर्क गरेका थिए । बन्दीहरुका बारेमा गहन अध्ययन गरी निर्णय लिन आवश्यक रहेको उनको सुझाव थियो ।

गत असार २० गते रायमाझीले एक वक्तव्य जारी गर्दै लेखक समेत रहेका रायमाझीले ६० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका कैदीहरुलाई सरकारी सिदा खान दिएर जेलमा राख्नुको औचित्य नहुने बताएका थिए ।

उनी भन्छन्,“बन्दीहरुको घरपरिवारको अवस्था आदिलाई विचार गरेर जबर्जस्ती थुनामा राखेकाहरुलाई सरकारले रिहाइ गर्नुपर्छ । विज्ञसहितको आयोग बनाएर छानबिन गरी कष्टपूर्ण जीवन बिताउन बाध्य भएका बन्दीहरुको उद्धार गर्नुपर्ने टड्कारो आवश्यकता छ ।”

रायमाझीले कैदीहरुले पाएको सजाय अभियोगमा पूर्ण अनुसन्धान गरी सरकारले थुना मुक्त गर्ने हो भने ६० प्रतिशतभन्दा बढी बन्दीहरु केन्द्रीय कारागारबाट मुक्त हुने दाबी गर्छन् ।

प्रतिक्रिया