३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेपालको भूकम्पको धक्का दिल्लीसम्म


October 3, 2023
0
Shares

काठमाडौं, १६ असोज । पश्चिम नेपालको बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार ३ बजेर ६ मिनेटमा गएको भूकम्पले पश्चिम नेपाल र दिल्लीसम्म धक्का दिएको छ ।

भूकम्प बझाङको चैनपुर केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भारतीय सञ्चारमाध्यमले भूकम्पको धक्का दिल्लीसम्म महशुश गरिएको जनाएका छन् ।

पश्चिम नेपालमा ठूलो भूकम्प जानसक्ने अनुमानहरु हुँदै आएका छन् । भारतका वैज्ञानिकहरुले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड आसपासका क्षेत्रमा महाभूकम्प जाने सम्भावना औल्याउँदै आएका छन् । त्यस क्षेत्रमा पछिल्लो समय हरेक महिना भूकम्पको धक्का महशुश गरिएको छ ।

प्रतिक्रिया