४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रचण्ड चीनबाट फर्किएपछि के पाक्ला ?


September 18, 2023
0
Shares

काठमाडौं, १ असोज । प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि कम्युनिस्ट नेताहरुको भ्रमणहरु भइसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीसँग नेपालका कम्युनिस्ट पार्टीहरुको गहिरो सम्बन्ध छ । यतिसम्मकी चीनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणमा मुख्य भूमिका खेलेको थियो ।

एमाले र माओवादी फुट्न नदिन पनि चीनले निकै प्रयास गरेको थियो । अहिले फेरि कम्युनिस्ट पार्टीहरु मिलाउन चीनले गृहकार्य गरिरहेको छ ।

केही महिना अघि नेकपा माओवादी केन्द्रका प्रभावशाली उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा जम्बो टोली चीन पुगेर फर्कियो । उनीहरुले चीनको विदेश मामला हेर्ने नेताहरुसँग भेटेका थिए ।
हालैमात्र नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको जम्बो टोली चीनको झण्डै दुई साता लामो भ्रमणमा गयो । टोली फर्किएको छ ।

दुवै भ्रमणहरु प्रचण्डको चीन भ्रमण अगाडि भएका हुन् । त्यसो त उपप्रधानमन्त्री समेत रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि चीन पुगेर फर्किए ।

कतिपय भ्रमणमा बीआरआईको कार्यान्वयनमा चीनको चासो देखियो । बीआरआई कम्युनिस्ट नेताहरुले आफ्नो चाहना अनुसार लगाउन चाहेका छन् । जसबाट उनीहरु आफ्नो प्रभाव बढाउन खोजिरहेका छन् । यसै विषयलाई लिएर एमाले र माओवादीबीच निकटता बढ्न सक्छ ।

प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मिलाउने प्रयास पनि चलिरहेको छ । त्यो प्रयासमा चिनियाँ पक्ष पनि लागेको छ । कुनैपनि बेला सत्ता समिकरणमा फेरबदल नआउला भन्न सकिदैन ।

प्रतिक्रिया