२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

किन भयो फाष्ट ट्रयाकको डीपीआर संशोधन


August 15, 2023
0
Shares

काठमाडौं, ३० साउन । सरकारले काठमाडौं तराई द्रुत मार्ग (फाष्ट ट्रयाक) को डीपीआर संशोधन गर्ने निर्णय गरेको छ । डीपीआर संशोधनपछि फाष्ट ट्रयाकको लागत घट्ने अनुमान गरिएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले फाष्ट ट्रयाकको डीपीआर संशोधन गरिएको हो । अब फाष्ट ट्रयाकको दूरी डेढ किलोमिटर सम्म घट्ने र सुरुङमार्ग केही बढ्ने भएको छ । यसले लागत २ अर्बसम्म घट्ने अनुमान गरिएपनि त्यो सम्भव देखिदैन ।

फाष्ट ट्रयाक नेपाली सेनाले निर्माणको जिम्मा लिएको छ । निर्माण पूरा गर्ने भनिएकोभन्दा १० वर्ष पछाडि धकेलिने देखिदै गएको छ । अहिलेसम्म २५ प्रतिशत मात्र काम भएको छ । काम पूरा गर्ने समयावधि पनि बढाइएको छ ।

फाष्ट ट्रयाकको ठेक्का अझै पूरा लगाइसकिएको छैन । ठेक्कामा विवाद देखिदै आएको छ ।-File Photo

प्रतिक्रिया