२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

डा.भट्टराई भन्छन्– कोशीमा मध्यावधिमा जान उपयुक्त


0
Shares

काठमाडौं,१४ साउन । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले १ नं प्रदेश (कोशी)मा मध्यावधि निर्वाचनमा जाने उत्तम विकल्प हुने तर्क गरेका छन् ।

शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा मध्यावधि निर्वाचनमा जाने विकल्प स्वीकार्नु उपयुक्त हुने उनको टिप्पणी छ ।
नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमा डा.भट्टराईले लेखेका छन्,‘घोषित रूपमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’

सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने र प्रतिक्रान्तिको आधार तयार हुने उनको तर्क छ ।

भट्टराईले लेखेका छन्,‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र? यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने’

प्रतिक्रिया