८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

७ दिनभित्र बहुमत पाउने दललाई कोशीको मुख्यमन्त्री बनाउन आदेश, कसले मार्ला बाजी ?


0
Shares

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले ७ दिनभित्र बहुमत पाउने दललाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्त आजै बदर गरेको हो ।

७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ, यद्यपी त्यसो हुन नसके अर्को उपधारामा जान समेत आदेश दिएको छ ।

अब फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत जुटाउन सक्ने दलले सरकारको नेतृत्व गर्नेछ ।

यदि कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका हिक्मतकुमार कार्की नै मुख्यमन्त्री हुनेछन् ।

प्रतिक्रिया