५ आश्विन २०८१, शनिबार | September 22, 2024

सभापति देउवाले आज केन्द्रीय सदस्यहरुको जवाफ दिने


0
Shares

काठमाडौँ, १० साउन । मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । र सोमबारदेखि पार्टी पदाधिकारीले आफ्नो धारणा राख्न सुरु गरेका छन् । जसअनुसार सोमबार उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राखिसकेका छन् ।

करिब १ वर्षपछि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठकमा आज केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयमा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको छ । बैठक अघि देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

 

प्रतिक्रिया