३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज कोशी र गण्डकीमा भारी वर्षा


0
Shares

काठमाडौं, ३ असार । नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

हाल कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

त्यसैगरी, आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू–भागका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यसैगरी, आज राती कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया