५ कार्तिक २०८१, सोमबार | October 21, 2024

भारतसँगको व्यापार घाटालाई सन्तुलनमा ल्याउने गरि नेपालले प्राथमिक एजेण्डा बनाउन आवश्यक छ : नेता भट्टराई


0
Shares

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी जेठ १७ गते छिमेकी मुलुक भारत भ्रमणमा जाने कार्यतालिका तय भएको छ । २०७९ पुष १० गते नेपालको प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका प्रचण्ड ढिलो गरी दक्षिणी छिमेकी मुलुक भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आगामी जेठ २० गते नेपाल फर्कने छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई विशेष चासोको रूपमा हेरिएको छ ।

देशमा रहेको आर्थिक संकटलाई सम्बोधनगर्न, बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न, कृषि क्षेत्रमा रहेकासमस्या समाधान, सीमाविवाद समाधानलगायतका क्षेत्रमाप्रधानमन्त्री प्रचण्डको भ्रमण उपलब्धीमूलकहुने आशागरिएको छ ।

नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थपबलियो बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको उद्देश्यलाई प्रमुखप्रतिपक्षीदलएमालेले पनि सोही रुपमाबुझेको उनको भनाई छ ।

‘छिमेकी देशमात्रै होइन, हाम्रो अत्यन्त महत्वपूर्ण मुलुकहो–भारत । द्धिपक्षीयव्यापारकाहिसाबले, लगानीकाहिसाबले, आर्थिक–सांस्कृतिकहिसाबले भारतसँगको सम्बन्ध राम्रो छ, ऐतिहासिक छ, फराकिलो छ । यसकाबहुआयामिकअवस्था छ । यो बुहुआयामिक सम्बन्धलाई हामीले जहिलेपनिप्राथामिकताको साथलिएका छौं ।’–नेता भट्टराईले भने,‘अहिलेकाप्रधानमन्त्रीले पनिआफू प्रधानमन्त्री भएपछि आफ्नो भारत भ्रमण ऐतिहासिक र उपलब्धिमूलकबनाउनेछु भनेर भनिसक्नुभएको छ । यस सन्दर्भमाविपक्षीदलको हिसाबले ऐतिहासिकहुनेछ भनेर उहाँले बोलेर गएपछि ऐतिहासिक हुन्छ भन्ने हाम्रो बुझाई हो ।’

दुई देशकाप्रधानमन्त्रीबीचको भेटवार्ताबाट वर्षौदेखि समाधाननभएका समस्या समाधानहुनेतर्फ सोच्नआवश्यक रहेको उनको भनाई छ । नेपाल र भारतबीचको समस्याबिग्रिँदा नेपालको हित हुन्छ भन्ने हिसाबले एमालेले नसोचेको उनको भनाई छ । नेपालर भारतबीचको व्यापारमा नेपालले एक पक्षीय रुपमा घाटा व्यहोरिरहेको उनको भनाई छ । उक्त घाटा व्यहोरिरहेको व्यापारलाई कसरी सन्तुलनमाल्याउने भन्ने नेपालले प्राथमिकएजेण्डा बनाउनआवश्यक रहेको उनले बताए ।

‘नेपाल– भारतबीचको व्यापार घाटालाई कसरी सन्तुलनमाल्याउने भन्ने नेपालको प्राथमिकएजेण्डा हो । अझत्यसभित्रपनि नेपालले अहिले अर्थिकरुपमा संकट भोगिराखेको छ, यो संकटले आमजनमानसमाथिपारिरहेको प्रभाव र त्यो प्रभावबाट झण्डै दुईतिहाई व्यापार हुने मुलुक र सबैभन्दा ठूलो लगानीकर्ता मुलु्क भारत हो, प्रधानमन्त्रीस्तरीय भेटवार्तामा यो विषयमाध्यानाकार्षण हुनुपर्छ,’– उनले भने ।

नेपालबाट भारतमा विद्युत निर्यातका सन्दर्भमा समेत छलफल हुन आवश्यक रहेको उनले औंल्याए। नेपालको सम्भावनाको स्रोत जलस्रोतले र विद्युतका बारेमा भारतसँग सकारात्मक संवाद हुन सकेमा केही मात्रामाआर्थिक मन्दी सम्बोधन हुन सक्ने उनको भनाई छ ।

प्रतिक्रिया