१८ आश्विन २०८३, आइतबार | October 4, 2026

देउवाविनै आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, दिउँसो २ बजे उद्घाटन


October 4, 2026
332
Shares

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गरेकोस्थलमा पार्टीको १५औँ महाधिवेशन हुँदैछ ।

कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे टुँडिखेल खुलामञ्चमा उद्घाटन हुँदैछ । त्यही टुँडिखेलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले निरंकुश सत्ताको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गरेका थिए ।

महाधिवेशनको उद्घाटन पूर्व सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि सभापति गगनकुमार थापाले गर्ने उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको समेत सम्बोधन हुने बताइएको छ ।

सहभागीहरूले प्रयोग गर्ने निजी कार तथा मोटरसाइकल पार्किङ गर्न भृकुटीमण्डप, राष्ट्रियसभागृह र पुरानो बसपार्क क्षेत्र निर्धारण गरिएको छ । ठूला बसका हकमा भने माइतीघरदेखि भद्रकाली खण्डको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया