काठमाडौं महानगरको सौन्दर्यमा आँच आउने विज्ञापन सामग्री पूर्ण निषेध
काठमाडौं, ३१ जेठ । काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामग्रीमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।
आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा सो विषय समेटिएको छ ।
नगरसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्धलाई प्राथमिकतामा राखिएको छ ।
‘कार्यालयको सूचना सम्प्रेषण गर्न तथा गतिविधि प्रचारप्रसार गर्न कार्यालयको वेबसाइट, आधिकारिक मल्टिमिडिया च्यानल तथा डिजिटल प्लेटफर्महरूको प्रयोग गरिनेछ र स्रोत साधनको विनियोजनलाई थप मितव्ययी, पारदर्शी र नतिजामुखी बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी महानगरपालिका र सबै वडा कार्यालयहरूमा सञ्चालित एकद्वार सेवा केन्द्र सञ्चालन गरिनेछ ।’

