५ असार २०८३, शुक्रबार | June 19, 2026

‘साह’ कि ‘शाह’ ? नागरिकताको अक्षरले चर्कायो राजनीतिक तरंग


February 19, 2026
747
Shares

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका बालेन्द्र शाहको थरसम्बन्धी विवाद अहिले राजनीतिक मात्रै होइन, कानुनी बहसको विषय बनेको छ। ‘साह’ र ‘शाह’ बीचको अक्षरगत भिन्नता सामान्य भाषिक रूपान्तरण हो कि नागरिकता विवरणमा गरिएको अनधिकृत परिवर्तन — यही प्रश्नले अहिले सार्वजनिक चासो तानेको छ।

उपलब्ध विवरणअनुसार उनले २०६३ पुस ६ गते लिएको मूल नागरिकता प्रमाणपत्रमा थर ‘साह’ उल्लेख छ। तर २०७९ असार १९ गते लिइएको प्रथम प्रतिलिपिमा भने सोही थर ‘शाह’ बनाइएको देखिन्छ। यही परिवर्तनले नागरिकता अभिलेखमा हस्तक्षेप गरिएको हो कि प्रशासनिक त्रुटि भएक�

प्रतिक्रिया