१६ माघ २०८२, शुक्रबार | January 30, 2026

पत्नीको हत्यापछि प्रहरीलाई भने मलाई पक्रनुस्


January 30, 2026
0
Shares
Signature: 6nXjgYEHjzW3PVMwIY5PMRDNDYon4s5IpQkukNeaUoj3fI+tWGwoW1fSH22cDyHRA8tBRaWiSYZPWEC3zJ3vZrqM409aMjO6+7C+eYNPJhvVQWk+rIfccVPVvvP6XEcwoQgoghJzNkRvNVdTkxGWxH7LJ1pDEOkW4tH2ofr7Z/wnHZgFJ89bfFXjFUTWisDwaNOZFxKRlfyRZH0mdBGQHBgndFYBdZlUEYykdcPkoHwpCHwOfEqQ7+kB7EpcVyF8szjIyWmDILIwL57XWurr9Q==

मादक पदार्थ सेवनपछि विवाद हुँदा ललितपुरमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन्। घटना ललितपुरको गोदावरी नगरपालिका–७, देवीचौरमा भएको हो।

देवीचौरमा बसोबास गर्दै आएका ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार पति–पत्नीले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए।

सोही क्रममा आपसी विवाद बढेपछि विनोदले पत्नीमाथि विभिन्न किसिमका धारिलो हतियार प्रहार गरेका हुन्।

घटनापछि विनोद आफैँ टीकाभैरवस्थित प्रहरी प्रभागमा उपस्थित भएका थिए। मृतक दम्पतीकी दुई वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ। अत्यधिक मादक पदार्थ सेवनका कारण घरायसी सम्बन्ध बिग्रँदै गएपछि उनीहरू डेरामा बस्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया