२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नुवाकोट क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार संजिब गुरुङ्ग नै किन ?


December 14, 2025
830
Shares

काठमाडौं, २८ मंसिर । आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि नुवाकोट क्षेत्र १ मा युवा समाजसेवी संजिब गुरुङ्गले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका छन् ।

जेनजी आन्दोलनलगत्तै नेपाली कांगे्रसबाट टाढीएका गुरुङ्गले आसन्न निर्वाचनका लागि २५ बुंदे एजेण्डा अघि सारेका छन् ।

जनतामाझ लोकप्रिय रहेका गुरुङ्गले वैदेशिक रोजगारीदेखि विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । आफुले भारी मतान्तरले जित्नेमा ढुक्क रहेको पनि उनको दाबी छ ।

यी हुन् गुरुङ्गले अघि सारेका एजेण्डाहरु

  1. चार दशक लामो एका घरको राजनीतिक जालो तोड्न ।
  2. जाति र धर्मको नाममा स्थापित भ्रष्टहरूको पार्टी विस्थापित गर्न, सम्पूर्ण युवा पुस्ताको मान प्रतिष्ठा पहिचान कायम राख्न ।
  3. नातावाद कृपावाद नहेरी सम्पूर्ण नागरिकलाई समान ढङ्गबाट सेवा र सुविधा प्रदान गरी अन्याय हुन नदिन ।
  4. देशमा न्यायिक नीति निर्माण गर्न ।
  5. शिक्षा र स्वास्थ्य नीति आधुनिक ढङ्गबाट सञ्चालन गर्न ।
  6. कृषकलाई थप ऊर्जासहित व्यवस्थित गर्न ।
  7. मानव–मानव बिच जाति र धर्मको घेरा हटाएर समानता प्रदान गरी आत्मीय ढंगको मानव समाज निर्माण गर्न ।
  8. स्थानीय तहमा रहेका प्राकृतिक सम्पत्तिलाई उचित व्यवस्थापन गरी प्रयोगमा ल्याई राज्यको आर्थिक अवस्थालाई सुदृढ गर्ने नीति निर्माण गर्न ।
  9. केन्द्र र स्थानीय तहमा भएका राज्यका हरेक नीति समान ढङ्गबाट सञ्चालन गर्न ।
  10. वैदेशिक रोजगारमा जानेका लागि जीवन बीमा रकम साधारण ५० लाख कायम गरी भवितव्य पर्दा २४ देखि ४८ घण्टामा उद्धार गर्न र वीरगति प्राप्त गर्दा ७२ घण्टाभित्र सव परिवारलाई हस्तान्तरण गर्न ।
  11. ग्रामीण भेगमा भएका सम्पूर्ण शैक्षिक संस्थाहरूलाई अंग्रेजीमाध्यमबाट निजी सरहको कक्षा सञ्चालन गरी दक्ष र प्राविधिक सिपयुक्त शिक्षा सञ्चालन गर्न ।
  12. १२ कक्षासम्म विद्यार्थीलाई राजनीतिबाट टाढा राख्ने, १० कक्षादेखि १२ कक्षासम्म राजनीतिक चेतना सहितको शिक्षा समावेश ।
  13. ‘राजनीति स्वस्थ र स्फुर्त ढङ्गबाट गरिने समाजसेवा मात्र हो’ भन्ने उदाहरण स्थापित गर्न ।
  14. देशको ग्रामीण भेगमा बसोबास गर्ने महिला,बालबालिकाहरूलाई स्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध गराउन ।
  15. सानो देशमा ठूलो भ्रष्टाचारको रुपमा स्थापित प्रादेशिक कम्पनी प्रदेश संरचना हटाउन र समानुपातिक प्रणाली खारेज गरी १५५ जनाको संसद कोटा निर्माण गरी २० वटा मात्र केन्द्रीय मन्त्रालयहरू निर्माण गरी स्थानीय तहमा थप जिम्मेवारी बढाई सर्वसाधारणलाई उचित सेवा र सुविधा प्रदान गर्न ।
  16. एजेन्डा विहिन राजनीति, गालीगलोज अन्त्य गरी विचार र क्षमताको राजनीतिमा नयाँ पुस्तालाई अग्रसर गराउन ।
  17. राज्यमा सम्पूर्ण पेशागत कर्मचारीहरूलाई राजनीतिबाट बन्देज लगाई सम्पूर्ण युनियन खारेज गरी कर्मचारी नियुक्ति करार गर्न ।
  18. वैदेशिक रोजगारीमा जाने होस् या उच्च शिक्षाको लागि देश बाहिर जाने होस् बिना झन्झट सेवा उपलब्ध गराउन बिचौलियाबाट ठगी न्यूनीकरण गर्न ।
  19. शैक्षिक नीति व्यवहारिक र दक्ष जनशक्ति उत्पादन गर्न नयाँ शैक्षिक पद्धति निर्माण गर्न ।
  20. भ्रष्टाचारी हो भनी सत्य तथ्य प्रमाण पेश भएपछि सम्पूर्ण सम्पत्ति छानबिन गरी तुरुन्त राज्यको नाममा स्थान्तरण गर्न ।
  21. राज्यको सेवा सुविधा लिई बसेका अवकाश प्राप्त कर्मचारीहरूलाई राजनीतिक रूपमा बन्देज लगाउन ।
  22. व्यावसायिक रूपमा स्थापित नागरिकहरूलाई राज्यबाट उचित बीमा सुरक्षा प्रदान गरी विदेश व्यवसाय गर्नेका लागि उचित ढङ्गबाट आर्थिक कारोबार गर्न व्यवस्था मिलाउने ।
  23. छिमेकी राष्ट्रहरूसँग सदैव दौत्य सम्बन्ध कायम गरी आत्मीय ढङ्गबाट अगाडि बढ्न सहकार्य गर्ने ।
  24. देशको न्यायिक र प्रशासनिक संयन्त्रहरूमा राजनीतिक भागबण्डाको अन्त्य गर्ने र राजनीतिक नियुक्ति नगरी प्रतिस्पर्धा र क्षमताको आधारमा नियुक्ति गर्ने कर्मचारी भर्ती सरुवा बढुवा लगायतका काम नीतिगत तहबाट गर्ने ।
  25. आजसम्म भएका प्रशासनिक नीति जनतालाई दुःख दिने नीति भएकोले सहज सुविधा लिन सक्ने डिजिटल नीति निर्माण गरी आम नागरिकलाई सेवा र सुविधा सरल ढंगले प्रदान गर्न ।

प्रतिक्रिया