१८ मंसिर २०८२, बिहिबार | December 4, 2025

कुलमानको अथाह सम्पत्तिको छानबिन पहिले होस् !


December 4, 2025
0
Shares

संजिब गुरुङ्ग । ३ करोड जनसङ्ख्या नभएको देशमा १७८ राजनीतिक पार्टी आफ्नो एजेन्डा बोकेर जनतासामु कुद्दै गर्दा आज काठमाडौँमा देखिएको बत्ती धरानमा देखिएको माटोले देश र जनताको भविष्य कस्तो कोर्ला हेर्न बाँकी छ १ २००७ सालपछि उदाएका दलहरूले गरेको देशप्रति र जनताप्रति देखाएका प्रतिबद्धताहरु आज ८२ सालमा आइपुग्दा एक काल्पनिक र कपोकल्पित भ्रममात्र देखिएको छ।

पचासौँ वर्ष अगाडि सम्पन्न हुनुपर्ने विकास निर्माणहरु आज पनि एजेन्डाकै रुपमा समावेश र कार्यकर्ता भर्तीको रुपमा स्थापित छन्। दुस्खद कुरा यहाँसम्म आइपुग्दै गर्दा पनि आशावादी नेपालीहरू परिवर्तनको बाटोमा कहिले उभिएन। सधैं पार्टीको कार्यकर्ता भनी नोकरकै रुपमा मात्र स्थापित रह्यो। ढोकामा उभिनेलाई मालिक हो भनेर बुझ्ने जनता आज मालिक दलालको रुपमा स्थापित छन्१ समाजमा मै हुँ ठूला भनिएकाहरू भ्रष्ट र ठग देखिएका छन्।

युवा पुस्तामा राजनीतिक चेतना नहुँदा चारैतिर छरिएको देखिन्छ अचम्मित कुरा फेरि पनि युवा पुस्ता एक ठाउँमा नउभि अहिले फरक आकृतिका झन्डा बोकी कुद्न थालिसकेका छन्। यो बाट प्रष्ट हुन्छ हामी सचेत छैनौँ। चेतनशील पनि होइनौं। अब आउने निर्वाचनले एक नयाँ गति लिनेछ भन्ने आशा गरौं भ्रष्ट र दलालीहरूको पञ्जाबाट नेपाल देशको सत्ता एक निष्ठावान राजनीतिकज्ञ को हातमा पुगोस्। आज हर्कको पृष्ठभूमि मलाई थाहा छैन तर कुलमानलाई हेर्ने हो भने अथाह सम्पत्तिको छानबिन पहिले होस् त्यसपछि जनतासामु जाओस्। र सम्पूर्ण भ्रष्ट दलालीहरु को सम्पत्ति राष्ट्रियकरण होस्। जय देश
(गुरुङ्ग युवा व्यवसायी एवं समाजसेवी हुन् ।)

प्रतिक्रिया