१० मंसिर २०८२, बुधबार | November 26, 2025

किड्जी प्रिस्कुल भैँसेपाटीको वाकाथन कार्यक्रम


November 26, 2025
166
Shares

काठमाडौं । ललितपुरको भैँसेपाटीमा रहेको किड्जी प्रि-स्कुलले ‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवर्द्धन गर्न वाकाथन कार्यक्रम आयोजना गरेको छ । भैँसेपाटी चोकदेखि नयाँ बजारसम्म गरिएको उक्त कार्यक्रममा स्कुलका बालबालिकाहरू, अभिभावक र शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमले बालबालिकालाई सक्रिय बनाउने, स्वस्थ जीवनशैली सिकाउने र बढी देखिने स्क्रिन प्रयोगलाई घटाउने उद्देश्य लिएको थियो । बढ्दो डिजिटल प्रयोगको अवस्थालाई न्यूनीकरण गर्न र बालबालिकाको स्वास्थ्यलाई थप सहयोग पुर्याउने उद्देश्यका साथ उक्त वाकाथनको आयोजना गरिएको विद्यालयकी को(अर्डिनेटर सागरिका भण्डारीले बताउनु भयो ।

उहाँले सहभागीलाई सम्बोधन गर्दै, वाकाथनको मुख्य उद्देश्य बालबालिकाको समग्र विकास, स्वास्थ्य सहयोग, शारीरिक सक्रियता तथा स्क्रिन समय कटौती रहेको बताउनु भयो । बालमैत्री, सुरक्षित र सकारात्मक वातावरण सिर्जना गर्नु पहिलो प्राथमिकता भएको भन्दै उहाँले यस किसिमका गतिविधिले बालबालिकालाई आत्मविश्वासी, सामाजिक र सक्षम बनाउन सहयोग गर्नेमा जोड दिनुभयो । प्रि–स्कुलले गरेको उक्त कार्यक्रमलाई अभिभावकहरुले प्रशंसा गर्दै बालबालिकाको दिनचर्यालाई पुनर्विचार गर्न प्रोत्साहित गरेको बताउनु भयो ।

 

प्रतिक्रिया