१७ कार्तिक २०८२, सोमबार | November 4, 2025

आन्दोलनमा खटिएका प्रहरी इन्चार्जहरुलाई उपत्यका बाहिर नजान निर्देशन


November 3, 2025
415
Shares

काठमाडौं, १८ कात्तिक । जेनजी आन्दोलनमा खटिएका प्रहरी इन्चार्जहरुलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइएको छ । प्रहरी मुख्यालयले भदौ २३ र २४ गते को आन्दोलनमा खटिएका प्रहरी इञ्चार्जहरूलाई जाँचबुझ आयोगले जुनसुकै बेला बोलाउन सक्ने भएकोले उपत्यका बाहिर नजान निर्देशन दिएको हो ।

जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनैपनि बेला उपस्थित गराउनसक्ने भन्दै हेडक्वार्टरले पत्र पठाएको हो । जाँचबुझ आयोगले आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएको थियो ।

 

प्रतिक्रिया