१७ कार्तिक २०८२, सोमबार | November 3, 2025

कर्णालीकै अग्रज शिक्षक ‘पृथ्वीबहादुर बम’को नाममा २ लाख ५५ हजारको छात्रवृत्ति कोष स्थापना


November 3, 2025
5.8k
Shares

कालिकोट – निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले आफ्ना बुवा पृथ्वीबहादुर बमको ८४ पुजाका अवसरमा २ लाख ५५ हजारको छात्रबृति अक्षय कोषको घोषणा गरेका छन् ।

कालिकोटको रास्कोट नगरपालिका वडा नं। ५ निवासी सेवानिबृत शिक्षक पृथ्वीबहादुर बमको ८४ बर्ष पुजाका अवसरमा छात्रबृति कोष स्थापना गरिएको हो ।

उनले आफु लामो समय सेवा गरेको रास्कोट नगरपालिका वडा नं। २ स्थित मोतिराम माविमा जेहेन्दार बिद्यार्थीका लागि छात्रबृति प्रदान गर्न आफ्नो ८४ बर्ष पुजाका अवसरमा २ लाख ५५ हजार रुपैयाको कोष स्थापना गरेका हुन् ।

साविकको कर्णालीकै अग्रज शिक्षक पृथ्वीबहादुर बमले स्थापना गरेको कोषबाट उनले शिक्षण पेशा थालनी गरेको मोतिराम माध्यमिक विद्यालयका जेहन्दार तथा बिपन्न परिवारका बालबलिकालाई ब्याजबाट वार्षिक छात्रबृति दिने उनले बताए । राणाकालिन ब्यवस्थामा राईटर, प्रधान, उपप्रधान र मुखिया जस्ता जिम्मेबारी दिईन्थ्यो । सोही बेला राईटर परिवारमा जन्मेका पृथ्वी कालिकोटका एक इमान्दार कर्तब्यनिष्ठ व्यक्तित्व र कुशल समाजसेबिका रुपमा परिचित थिए । १९९९ सालमा राईटर परिवारमा जन्मेका बमले गुरूकुल विद्या आर्जन गरी बझाङ पुगेर कक्षा ७ मा अध्ययन गरेका थिए ।

काठमाण्डौंको जुद्वदय हाइस्कुलमा एसएल्सि पास गरी फर्केपछि २०२४ सालमा कालिकोटको पहिलो स्कुल साबिकको स्युना गाबिसको सिमसेराबाट शिक्षण पेशा थालनी गरेका थिए । उनले आफु शिक्षण पेशामा आबद्ध हुँदा मासिक ३० रूपैया तलव खाएको अनुभव सुनाए । त्यसपछि कालिकोटको स्थायी शिक्षक भएर सिपखाना स्थित मोतिराम प्राबिमा शिक्षण गर्दा मासिक ५० रूपैया तलव रहेको बताए । उनी २०३६ सालमा स्थायी भएका थिए ।

उनले रास्कोट अस्पताललाई २५ वटा ब्लांङकेट पनि सहयोग गरेका छन् । जाडोको समयमा अस्पतालमा भर्ना भएका बिरामी तथा सुत्केरीहरुका लागि सहज होस भन्ने उद्देश्यले अस्पताललाई २५ वटा ब्लांङकेट सहयोग गरेको बताए । उनका तिन छोरा ५ छोरीरहेका छन । उनको ८४ पुजामा सहभागी कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, प्रहरी प्रमुख हिम खत्री लगायतका व्यक्तिहरुले पुर्व शिक्षक तथा समाजसेवी पृथ्वी बलमे आफ्नो ८४ पुजामा सामाजिक सेवाका साथै प्रेणादायिक काम गरेको बताए । पुजामा पुराना लोप हुने अवस्थाका देउडा, झोडा, चुट्कीला, मागल जस्ता लोकसंस्कृतिहरु पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया