१४ कार्तिक २०८२, शुक्रबार | October 31, 2025

काठमाडौंका मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम


October 31, 2025
249
Shares

काठमाडौं,१४ कात्तिक । सात दिनभित्र काठमाडौंका अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्देशन दिएका छन् ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिइएको हो ।

प्रतिक्रिया