१२ कार्तिक २०८२, बुधबार | October 29, 2025

सगरमाथा आधार शिविर नजिकै हेलिकप्टर दुर्घटना


October 29, 2025
166
Shares

काठमाडौं, १२ कात्तिक । सगरमाथा आधार शिविर नजिकै हेलिकप्टर दुर्घटना भएको छ । तर मानविय क्षति भएको छैन् ।

हेलिकप्टरमा क्याप्टेन मात्रै सवार थिए । उनको अवस्था सामान्य रहेको सुचना प्राप्त भएको छ ।

भारी हिमपातका कारण खुम्बु क्षेत्रमा फसेका पर्यटक लिन पुगेको अल्डिट्युड एयरको 9N-AMS कल साईनको हेलिकप्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो ।

ल्याण्डिङ गर्ने क्रममा जमिनको हिउँ उड्न थालेपछी, हेलिकप्टरलाई ब्यबस्थित गर्न खोज्दाखोज्दै हेलिकप्टर जमिनमा जोतिन पुगेको बताइएको छ ।

क्याप्टेनलाई अर्को हेलिकप्टर मार्फत लुक्ला लगिएको छ ।

प्रतिक्रिया