यी हुन् आज शपथ लिने ४ मन्त्रीहरु
काठमाडौं,९ कात्तिक । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिमण्डल विस्तार हुने भएको छ । आज थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै २ बजे शपथ ग्रहणको तयारी गरिएको छ ।
डा। सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले जनाएको छ । श्रममन्त्रीको जिम्मेवारी दिने भनिएका सुनारको नाम भने विवादित बनेको छ । उनी प्रहरीको फरार अभियुक्तको लिस्टमा छन् ।
डा। सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् ।खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । बब्लु गुप्ता सामाजिक कार्यक्रम सकृय छन् ।


