८ कार्तिक २०८२, शनिबार | October 25, 2025

यी हुन् रुकुम जीप दुर्घटनामा ज्यान गुमाउनेहरुको नामावली


October 25, 2025
166
Shares

काठमाडौं, ८ कात्तिक । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका बाँफिकोट गाउँपालिका –७ झारमारेको लिस्नेमा रा १ ज ४२२ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो ।

घटनास्थलमा ७ जनाको निधन भएको र उपचारको क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

चालकसहित दुर्घटनामा १० जना घाइते भएका छन् ।

मुत्यु हुनेमा जीप चालक टोपजंग बुढा, सिर्जना बुढा, सपना नेपाल, जुना बुढा, संगिता बुढा, शान्ति बुढा, अन्जना ऐरी, महिमा ओली, मनिषा थापा र सबिता बिक रहेका छन् ।

प्रतिक्रिया