भक्तपुरमा दिपावलीमा सुरक्षा चुस्त बनाउन एसपी खड्का सक्रिय

भक्तपुर,३१ असोज। एसपी सुर्य बहादुर खड्का लोकप्रिय प्रहरी अधिकृत हुन् । भक्तपुरमा महत्त्वपूर्ण जिम्मेवारी पाएपछि उनी अहोरात खटिएर सुरक्षा लाई चुस्त दुरुस्त बनाउन लागिपरेका छन् ।
शुभ दिपावलीमा शान्त सुरक्षा कायम राख्न खड्काले प्रभावकारी योजनाहरू बनाईएको जानकारी दिए।दिपावलीमा हुन सक्ने चोरी , लुटपाटका घटना हुन नदिन प्रभावकारी योजना बनाईएको उनको भनाइ छ।
नागरिक लाई सचेत पार्न आम नागरिक संग समन्वय तथा सहकार्य गर्ने ,जनचेतनामूलक कार्यक्रम गर्ने ,जिङ्गल बजाउने, माईकिङ्ग गर्ने जानकारी दिए।प्रहरी सधैं जनताको साथमा रहने उनले बताएका छन् ।
सुरेन्द्र बहादुर खत्री सिलवाल