२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

विश्वमा बलियो बन्दै वशुधैव कुटुम्वकमको विचार


October 2, 2025
0
Shares

नारायण प्रसाद ढकाल: भारतको सांस्कृतिक, धार्मिक र सामाजिक चेतनामा विगत सय वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय स्वयंसेवक सघं (RSS) आज आफ्नो शताब्दी वर्षमा प्रवेश गरेको छ । सेवा, समर्पण र संगठनलाई मूल मन्त्र मानेर अनुशासनका साथ सुरु भएको यो सघंले अनेकौँ उतारचढाव पार गर्दै शताब्दीको ऐतिहासिक यात्रा सम्पन्न गरेको छ ।

स्थापना र ऐतिहासिक पृष्ठभूमि
सन् १९२५ (वि.सं. १९८२) विजया दशमीको दिन महाराष्ट्रको नागपुरमा डा. केशव बलिराम हेडगेवारको नेतृत्वमा करिब १०–१५ व्यक्तिको संकल्पबाट राष्ट्रिय स्वयंसेवक सघंको स्थापना भएको हो । त्यतिबेला भारत लामो समयसम्म मुगल र अङ्ग्रेज शासकहरूको अधीनमा रहँदा यसको मौलिक विचार, शिक्षा, संस्कृति र परम्परामा गम्भीर आघात पुगेको थियो ।
स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागिता जनाएका डा. हेडगेवारले केवल राजनीतिक रूपमा अङ्ग्रेजहरूलाई हटाएर भारत स्वतन्त्र नहुने बोध गर्नुभयो । उहाँको दृष्टिमा अङ्ग्रेज मानसिकताबाट प्रभावित व्यक्तिहरू सत्तामा आए पनि भारत आफ्नो मूल तत्व र सनातन मूल्यसहित स्वतन्त्र हुन सक्दैनथ्यो । यही बोधले उहाँलाई राष्ट्रिय स्वयंसेवक सघं स्थापनामा प्रेरित गरेको देखिन्छ ।

राष्ट्रनिर्माणको यात्रामा सघं
भारतले आत्मविश्वास गुमाएको कठिन समयमै सुरु भएको यस सघंले समाजलाई मौलिकतामा पुनःस्थापित गर्ने बलियो आधार खडा ग¥यो । सय वर्षको अवधिमा यसले राष्ट्रनिर्माणमा ठूलो योगदान पु¥याएको छ । निस्वार्थ सेवा, त्याग र प्रचारक परम्परामा हजारौँ व्यक्तिहरूको समर्पणले सघं आजको अवस्थामा आइपुगेको हो । आफ्नो राष्ट्रका समग्र समस्या र कमजोरीलाई समाप्त गरी वैभवशाली राष्ट्र निर्माण गर्ने उद्देश्यले निस्वार्थरूपमा, कुनै अपेक्षा बिना जीवन समर्पण गर्ने प्रचारक परम्परामा हजारौँ व्यक्तिहरूको त्याग र योगदानले सघंलाई असामान्य उपलब्धिमा पु¥याएको छ ।

राष्ट्रिय स्वयंसेवक सघं (RSS) सन् १९२५ मा डा. केशव बलिराम हेडगेवारले नागपुरमा स्थापना गर्नुभएको संगठन हो । भारतको स्वतन्त्रता आन्दोलनको समयदेखि सुरु भएको यस सङ्घले राजनीतिक भन्दा माथि उठी समाज, संस्कृति र व्यक्ति निर्माणमा ध्यान केन्द्रित गर्दै आएको छ। दैनिक शाखा, प्रचारक परम्परा र ससं विचार परिवारमार्फत यसले शिक्षा, सामाजिक सेवा, मजदुर र धार्मिक क्षेत्रमा प्रभाव पु¥याएको छ । आज यसको गतिविधि भारतमै सीमित नभई विश्वका ७५ भन्दा बढी देशमा फैलिएको छ ।” 

प्रमुख विशेषताहरू
सघंको कार्यशैली र दर्शन केही मुख्य विशेषतामा आधारित छ ः
१. दैनिक शाखा ः स्थापनाकालदेखि नै व्यक्तित्व निर्माणको मुख्य पाठशाला दैनिक शाखा हो । यहाँ शारीरिक, मानसिक, बौद्धिक विकाससहित व्यक्तिमा राष्ट्रिय दृष्टिकोण निर्माणका लागि करिब १ घण्टाको पाठ्यक्रममा आधारित कार्यक्रम सञ्चालन हुन्छ । सघंले यसलाई आफ्नो प्रमुख कार्यको रूपमा लिएको छ ।
२. राजनीतिभन्दा माथि समाज र संस्कृति ः सघंले स्थापना कालदेखि नै आफूलाई दलगत राजनीतिभन्दा माथि रहेर राष्ट्रवादी सामाजिक संगठनका रूपमा परिभाषित गरेको छ। राजनीति परिवर्तनशील हुन्छ तर समाज स्थायी हुन्छ । समाजमा बस्ने नागरिक स्वस्थ भएमा राजनीति पनि सही दिशामा अघि बढ्छ भन्ने विश्वासका साथ सङ्घले आफ्नो कार्यलाई अघि बढाएको पाइन्छ ।
३. व्यक्ति निर्माण ः सत्ता परिवर्तन होइन, असल चरित्रवान, राष्ट्रप्रेमी, संस्कारित र गुणवान व्यक्ति निर्माणमा नै वास्तविक परिवर्तन सम्भव हुन्छ भन्ने विश्वासमा सघं निरन्तर सक्रिय छ ।
४. प्रचारक परम्परा ः संस्थापक डा. केशव बलिराम हेडगेवारले चिकित्सक भएर पनि व्यक्तिगत अवसरहरू त्यागी जीवन ब्रह्मचारी रहेर हिन्दू धर्म, संस्कृति, राष्ट्र–राष्ट्रियता र विश्वकल्याणका लागि सङ्घ स्थापना गर्नुभयो । सोही परम्परामा आफ्नो जीवन पूर्ण रूपमा समर्पित गर्ने कार्यकर्तालाई प्रचारक भन्ने परम्परा सुरु भयो । यो संस्कार भारतमा परम्परागत साधुसन्तहरूले समाजकल्याणका लागि अपनाएको जीवनशैलीकै निरन्तरता हो ।
५. सघं विचार परिवार ः सघंद्वारा प्रशिक्षित स्वयंसेवकहरूले समाज जीवनका विभिन्न क्षेत्रमा संगठन स्थापना गरेका छन् ।
 शिक्षा क्षेत्रमाः विद्या भारती, अखिल भारतीय विद्यार्थी परिषद्, शिक्षक परिषद् आदि ।
 सामाजिक तथा धार्मिक क्षेत्रमाः विश्व हिन्दू परिषद्, राष्ट्रिय मुस्लिम मञ्च ।
 मजदुर क्षेत्रमाः भारतीय मजदुर सघं ।
 राजनीतिक क्षेत्रमाः भारतीय जनता पार्टी ।
यसरी करिब तीन दर्जनभन्दा बढी क्षेत्रमा सङ्घ विचार परिवार अन्तर्गत संगठन सञ्चालन भइरहेको पाइन्छ ।
६. वैश्विक विस्तार ः लामो समयसम्म भारतमै कार्यविस्तार गर्ने सङ्घले वि.सं. २०२५ पछाडि “वसुधैव कुटुम्बकम्” र सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः भन्ने विचारलाई विश्वभर फैलाउन थाल्यो । विभिन्न देशका नागरिकहरूको आग्रहमा आज करिब ७५ देशमा सघंको कार्य विस्तार एवं कार्य दृढीकरण भइसकेको छ ।

निष्कर्ष ः नेपालको सनातन समयदेखि नै नजिकको मित्रराष्ट्र भारतमा सुरु भएको राष्ट्रिय स्वयंसेवक सघंले आज १०० वर्षको यात्रामा सनातन हिन्दू विचार र चिन्तन
लाई वैश्विक नेतृत्व प्रदान गर्ने स्तरमा पु¥याएको छ । संस्थापक डा. हेडगेवारदेखि आजसम्म हजारौँ प्रचारकहरूको निस्वार्थ जीवनसमर्पण यस यात्राको मेरुदण्ड हो ।
यद्यपि यसबारे विभिन्न सकारात्मक वा नकारात्मक टिप्पणी हुने गरेका छन्, तर नजिकबाट अध्ययन गर्दा सघंको कार्यपद्धतिले असल चरित्रवान, राष्ट्रभक्त, सुसंस्कृत, इमानदार, मेहनती र सेवा–भावनायुक्त व्यक्तित्व निर्माणमा ठूलो योगदान दिएको देखिन्छ ।
विजयादशमीको यस पावन अवसरमा, राष्ट्रिय स्वयंसेवक सघंको आगामी यात्रा शान्ति, भाइचारा, विश्वबंधुत्व र वसुधैव कुटुम्बकम् को स्थापना तर्फ अझ विजयी यात्रा अघि बढोस् भन्ने शुभकामना ।
  सर्वे भवन्तु सुखिनः।

प्रतिक्रिया