२९ भाद्र २०८२, आइतबार | September 14, 2025

जेनजी विद्रोह र भारतीय मिडिया


September 14, 2025
996
Shares
विपिन देव:  जेनजी विद्रोह एक विष्फोट थियो । विष्फोटको विभिन्न आयमहरू मध्ये घरेलु अवस्था नै महत्वपूर्ण कारक तत्व हरेको थियो । निष्ठा र समर्पणले चल्ने प्रजातान्त्रिक पद्धतिमा जनविश्वासले यथेष्ठ ठाउ‘ लिएको हुन्छ । भूमण्डलीकरण र उदार अर्थव्यवस्थाको कारण उपभोक्तावाद नेपालमा बलियो हुन गयो । जसको मलजल गर्ने काम केही हदसम्म विपे्रषणले गर्यो । संघीयताको गलन प्रयोग, हरेक तप्का र तहमा राजनीतिक कार्यकर्ताको हालीमुहाली र बेलगाम कर्मचारीतन्त्रले गर्दा भष्ट्राचार र बेथिति दिन दुगुणा र रात चौगुणा हुन गयो । राजनैतीक दलहरूमा अन्तरविरोध दमित हुन गयो ।
दलहरू माफियाको छायामा अगाडि बढ्न थाले । राजनैतीक नियुक्तिमा कमिशनतन्त्र हावी हुन गयो । न्यायालयले राजनीतिक प्रभावमा कारण आफ्नो साख र अस्मिता बनाउन असफल भयो । वि.पि., गणेशमान र किशुनजीले नेतृत्व गरेको नेपाली काङ्ग्रेस रणभूलमा होमियो । छाता र सुराही लिएर नेतृत्व गरेको किशुनजीको काङ्ग्रेस भाउजु काङ्ग्रेसमा रूपान्तरित भयो भने पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको आर्दशलाई परित्याग गर्दै देश उखान टुक्का, चूटकिला र ठट्टा गर्ने नेतृत्वको पञ्जामा पर्यो । प्रचण्डको हुंकार र परिर्वतनको ध्वनावृत्तिले गर्दा लगातार पार्टी फुट र परिवारवादले स्वखलित हुन गयो ।
भाई भतिजावाद, भष्ट्राचार र टुटफुटले गर्दा मधेशकेन्द्रित दलले समेत अब्वल शक्तिको रूपमा प्रस्तुत हुन सकेन । कही नभएको जात्रा हाडी गाउ‘मा भने जस्तै एमाले र नेपाली काङ्ग्रेसको सरकारमा सहभागीले गर्दा प्रजातन्त्रको सही प्रयोग हुन सकेन । शिशु प्रजातन्त्रको पालन पोषण सशक्त विपक्षले मात्रै गर्न सक्दछ । संसदमा विपक्षको ध्वनी नहुनु, सडकमा सामाजिक सञ्जाल नहुनु, कर्मचारीतन्त्रमा लगाम नहुनु र संस्थागत भष्ट्रचार दिन प्रतिदिन अगाडि बढ्नु जस्ता कारणहरूले गर्दा नयॉ पुस्तालाई वर्तमान नेतृत्वमा कुनै विश्वास भएन । ७० को दशकमा भारतमा आपत्तकालीन शासन कालमा जयप्रकाश नारायणले सम्पुर्ण क्रान्तीको अपिल गरेका थिए । अर्थात् सम्पूर्ण क्रान्ति भन्नाले संरचनात्मक परिवर्तन थियो । वर्तमान परिवशेमा नेपालमा भएको विद्रोह सम्पूर्ण क्रान्तीको नै अपिल गरेको देखिन्छ । राज्यको संसददेखि सर्वोच्व अदालतसम्म, अखतियारदेखि राष्ट्र वैंकसम्म, नेतादेखि उच्च पद धारण गरेका कर्मचारीसम्म परिर्वतन हुनु पर्ने आन्दोलनको उद्घोष रहेको छ ।
जेनजीको विद्रोहलाई भारतेली समाचार गृहहरूले यथेष्ठ ठाउ‘ दिएका छन् । १ अरब ४० करोड जनता भएका देशका सम्पूर्ण उच्च कोटिका मेडियाहरू नेपालमा भइरहेको परिर्वतनको बारेमा चासो र चाख लिनुको विभिन्न आयामहरू रहेको देखिन्छ । २००७ सालदेखि हरेक आनन्दोलमा भारतीय पक्षको सक्रियता रहेको थियो । ४६ सालको जनआन्दोलमा भारतीय नेतृत्व भौतिक रूपमा नेपालको आन्दोलनमा सहभागी भएको थियो । यस पटकको जेनजी पुस्ताको आन्दोलन पृथक रहेको थियो । यो जातजाती, धर्म, लिङ्ग, क्षत्रेीयता, वाद, उपवाद गठजोड र गठवन्धन भन्दा माथि रहेको थियो । यसमा हरेक रथी महारथी थिए । हरेक महारथी आप्mनो लक्ष्य भेदन गर्न सर्मथ थिए  । ८ दशकको प्रजातन्त्रको प्रयोग गरेका भारतीय जनताको लागि जेनजी आन्दोलन महत्वपूर्ण भएकोले गर्दा भारतीय मेडियाहरू सक्रियता बढेको थियो । सामाजिक सञ्चाल र मानव स्वतन्त्रताको अन्योन्यास्रित सम्बन्धलाई भारतीय मिडियाले वडो चहकिलो ढङ्गले समाचार संप्रेशन गरिरहेको थियो । भारतीय जनमानसमा हिन्दुधर्म र राजतन्त्र प्रति गहिरो रुची रहेको छ । वर्तमान जेनजीको आन्दोलनले राजतन्त्रको आगमन हुन सक्ने समेत भारतेली मेडियाको अनुमान रहेको थियो । भारतीय मिडियाका माध्यमबाट नेपालमा अनुभव बटुलेका राजदुतहरू समेत आन्दोलनको प्रारुपको वारेमा अभिमत राखेको थियो । नेपालमा कूटनीतिक आयोगमा रहेका भारतीय राजदुतहरू अब्वल श्रेणीका व्यक्तित्वहरू हुने गर्दछ । अबकास पश्चात पनि पुस्तक लेखन र शोधबाट दृष्टिकोण सार्वजनिक गरिरहेको हुन्छ । आन्दोलनको सेरोफेरोमा “काठमाडौं डेलीमा” जस्ता चर्तित पुस्तक लेखेका भारतका पूर्व राजदुत रञ्जीत रेले जेनजी विद्रोहको वारेमा रोचक चर्चा गरेका थिए । रञ्जित रेका अनुसार आन्दोलनको मुख्य कारण नेतृत्वद्वारा गरिएको वाचा प्रयोग नहुनु हो ।
आफ्नो कार्यकालमा रञ्जित रेले नेपालको विविधतालाई वडो रोचक ढङ्गले अध्ययन गरेका थिए । रेका अनुसार नेतृत्व र जनता विचको खाडलले गर्दा नै जेनजी आन्दोलन सम्भव भएको उनको जिकिर रहेको छ । भारतका अर्का राजदुत मञ्जित सिंह पुरीले जेनजीको आन्दोलनको कारण नेतृत्वको म्युजिकल चेयर भनेका छन् । अर्थात् हरेक सरकारको परिर्वतनमा देउवा, प्रचण्ड र ओलीको नै प्रधानमन्त्रीको ताजपोशीको कारणले गर्दा जनताले आप्mनो आशा र अपेक्षा गुमाइसकेका थिए । जनतालाई आप्mनो नेतृत्वमा विश्वास नहुनुको कारणले गनै जेनजी विद्रोह हुन गयो भने मञ्दिप सिंह पूरीको विचार रहेको छ । भारतका अर्का राजदुत श्याम शरणले नेपालको जन विद्रोहलाई दार्शनिक धरातलबाट गरेका छन् । श्याम शरण अनुसार नेपालमा भएको परिवर्तनका कारक तत्वहरू मध्ये सरकारले नेपालको विविधतालाई नबुभ्mन सक्नु हो । चेतनाको हिसावले नेपाली जनता सचेत हुनु, शाहासको हिसावले लडाकु हुनु र राष्ट्रियताको हिसावले बलियो हुनको कारणले गर्दा नेपालमा हरेक १० र २० वर्षमा परिर्वतन हुंदै आएको छ । श्याम शरण अनुसार परिवर्तनको परमादेशलाई आत्मसाथ नगर्नुको कारणले नै गर्दा नेपालमा विष्फोट भएको कुरा उनको भनाई रहेको छ ।
भारतको मिडियाले नेपालमा भइ रहेको परिर्वतनलाई वंगलादेश र श्रीलङ्काको परिर्वतनसंग समेत तुलना गरेको देखिन्छ । श्रीलङ्का र बँगलादेशको परिवर्तनको पटकथा नेपाल भन्दा पृथक रहेतापनि दुईवटै मुलुकहरूको परिर्वतनले केही राजनैतीक अर्थ बोकेको देखिन्छ । श्रीलङ्कामा भएको परिर्वतनको कारण आर्थिक दिवालीयापन, भष्ट्राचार र वैदेशिक ऋण रहेको थियो । जनतालाई आवश्यक उपभोग वस्तुको अभाव रहेको कारणले विद्रोह हुन गयो । नेपालको त्यो अवस्था थिएन । तुलनात्मक रूपले हेर्दा नेपाल वित्तिय संकट थिएन । तर श्रीलङ्का भारतको ४ दशमलव ५ विलियनको आर्थिक मद्दतले गर्दा छोटो समयमा आर्थिक कॉचुली फेरेको देखिन्छ । श्रीलङ्काले आर्थिक क्षेत्रमा गरेको उपलब्धीको अध्ययन गरेर तदनुरूपको नीति हामी आप्mनो अवस्था अनुसार लागु गर्न सक्दछौं । वंगलादशेको आन्दोलन पृथक रहेको थियो । एक वंगलादेशमा शेख हसीनाले भारतसंग राखेको प्रगाढ सम्बन्ध, सीमा सम्वन्धी समस्याको समाधान, उच्च विकास दर र समावेशी सोचका कारणले गर्दा नै विद्रोह भोग्नु परेको थियो । अर्थात् वंगलादेशमा हिन्दु र अरु अल्पसंख्यकहरू माथि आक्र्रमण हुनु प्रजातान्त्रिक मान्यतालाई चूनौती दिनु थियो । अर्को शब्दमा भन्ने हो भने वंगलादेशको विद्रोह विकास र प्रजातन्त्र विरोधी विद्रोह रहेको थियो । भारतीय मिडियाले नेपालको अवस्था वारेमा िगहिरो अभिरुची लिएका छन् । यसको सकारात्मक प्रयोग पर्यटन र निवेशको क्षेत्रमा गर्नु पर्दछ । एक किसिमले हेर्दा भारतीय मिडियाको पहु‘च विस्तारित रहेको हुंदा नेपालले यसलाई सकारात्मक प्रयोग गर्नु पर्दछ ।

प्रतिक्रिया