आमा–छोरा मृत फेला,९ महिनाको बालकको सिकिस्त

काठमाडौं,१७ भदौ । सिराहामा आमा र छोराको शव फेला परेको छ ।
लहान नगरपालिका–१ मटिअर्वा स्थायी घर भएपनि भोटिया टोलमा बस्दै आएकी रन्जिता चौधरी र उनका छोरा एरोन मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
रन्जिताका कान्छो ९ महिनाका छोराको भने सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
सुचना पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । आमा छोरा भएको कोठामा भित्रबाट चुकुल लगाइएको थियो ।
दुई वटै बच्चालाई विष खुवाएर आमाले सिलिङ पंखामा आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
९ महिनाका शिशुको अवस्था गम्भिर रहेको बताइएको छ ।