१० बैशाख २०८३, बिहिबार | April 23, 2026

भारत-चीन निकटताको प्रभाव


996
Shares

डा. दीपेश केसीः गलवान भ्यालीमा भारत र चीनका सैनिकबीच सन् २०२० मा झडप भएपछिको पाँचवर्ष पछि दुई देशबीच सम्बन्ध अचानक सुदृढ हुनथालेको छ । अहिले भारतीय उच्च अधिकारीहरुको चीन भ्रमण बाक्लो हुन पुग्यो । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल बेइजिङ पुगेर उच्चस्तरीय भेटवार्ता गरे । सांघाई कोअपरेशन अर्गनाइजेशनका देशहरुका रक्षामन्त्रीस्तरीय बैठकमा भारतका रक्षामन्त्री राजनाथ सहभागी भए । विदेशमन्त्रीयस्तरीय बैठकमा डा. एस. जयशंकर सहभागी भए । यी भ्रमण र बैठकहरुबाट भारत र चीनबीच सम्बन्ध सुदृढ बन्दै गएको सन्देश प्रवाह भएको छ ।

यी घटना तब विकास भएको छ जब पाकिस्तानका शक्तिशाली सेनापति असिम मुन्सिरलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा लन्चसहितको भेटवार्ता गरे । कुनैपनि अमेरिकी राष्ट्रपतिले पाकिस्तानी सेनापतिलाई यसरी भेटेक�

प्रतिक्रिया