काठमाडौं–१४ को ३ स्थानमा बाटो ढलान कार्य सम्पन्न

काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिका वडा नं १४ ले ३ स्थानमा बाटो ढलान कार्य सम्पन्न गरेको छ ।
बल्खु–उमामहेश्वोर मन्दिर तर्फ बाटो किनारा, बैदिनी पाटी चिहान तर्फ जाने बाटो र करखुशी मार्गमा बुधबार ढलान कार्य सम्पन्न भएको वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।
वडाले केही दिन अगाडी युवाहरुलाई लक्षित गरेर भिडियोग्राफीरफोटोग्राफी र भिडियो इडिटिङ प्रशिक्षण कार्यक्रम ९१५ दिने० आयोजना गरेको थियो ।
पहिलो र दोस्रो चरणमा ३ सय भन्दा बढी वडाका ज्येष्ठ नागरिकहरुलाई डोलेश्वर,पनौतीको चण्डेश्वरी र धनेश्वरी, काभ्रेपलाञ्चोकको भगवती मन्दिर, जलविनायक, कार्यविनायक मन्दिरलगायत धार्मिक स्थलहरुको भ्रमण गराएको थियो । वडाले भ्रमणमा उपस्थित ज्येष्ठ नागरिकहरुलाई प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
त्यसैगरी, युवावर्गलाई लक्षित गरेर ‘प्रतिवेदन लेखन’ तालिम समेत युवाहरुलाई दिइएको थियो । तालिम सम्पन्न भएपछि सहभागीहरुले उपलब्धीमुलक कार्यक्रम आयोजना गरेको भन्दै वडालाई धन्यवाद समेत दिएका थिए ।
वडाले विशेष गरी महिलाहरुको लागि विभिन्न सिपमुलक तालिमको आयोजना गर्दै आएको छ । सिपमुलक तालिमले महिलाहरुको परिवार र आर्थिक अवस्था पनि सुधार हुनेमा आफु विस्वस्त रहेको श्रेष्ठले बताए ।
काठमाडौं महानगरपालिकाले केही समय अघि १४ नं वडालाई उत्कृष्ट काम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठलाई पुरष्कृत समेत गरेको थियो । उनले टोल–टोल पुगेर वडाबासीको समस्या सुन्ने र समाधान गर्दै आएका छन् । श्रेष्ठ हरेक दिन बिहानदेखि बेलुकासम्म नै जनताको कामका लागि खटिरहन्छन् ।
वडाले आर्थिक वर्ष २०८१र०८२ को बजेट, नीति तथा कार्यक्रम अनुसार विनीयोजन गरिएको बजेटबाट यी कार्यक्रमहरु सम्पन्न गरेको हो ।