९ असार २०८२, सोमबार | June 24, 2025

अमेरिकी आक्रमणको सामना गर्न इरानले रुसलाई गुहार्यो


1.1k
Shares

एजेन्सी, ९ असार । इरानमाथि अमेरिकाले आक्रमण गरेपछि विश्व राजनीति तरंगित छ । इजरायले इरानमाथि हमला गरिरहँदा अमेरिकाले पनि हालै आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सत्ता पल्टाउने संकेत समेत गरे ।

पछिल्लो घटनालाई लिएर इरानका विदेशमन्त्री अब्बास अरागछी मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् । इरानले आफूमाथि अमेरिकी आक्रमण भएसँगै रुसलाई गुहारेको घटनाका रुपमा लिइएको छ ।

पुटिनले इरानमाथि अमेरिका र इजरायलको आक्रमणलाई अवैध र अन्तर्राष्ट्रिय कानून उल्लंघन भनेका छन् । उनले पछिल्लो अवस्थाबारे केही उपाय निकाल्न छलफल गर्ने अवसर निर्माणका रुपमा अरागछीको भ्रमणलाई लिएको रुसी समाचार एजेन्सीहरुले जनाएका छन् ।

इरान रुसको नजिकको मित्र शक्ति हो । त्यहाँ सत्ता पल्टिए रुसलाई ठूलो धक्का लाग्ने विश्लेषण भइरहेको छ ।-Photo Source: VIORY

प्रतिक्रिया